थप १५ करोड बालबालिका गरिबीमा धकेलिए : युनिसेफ

एजेन्सी । कोरोना भाइरस (कोभिड(१९) को महामारीको कारण विश्वभर थप १५ करोड बालबालिका बहुआयामिक गरिबीमा धकेलिएको युनिसेफले बताएको छ । यससँगै विश्वभर गरिबीको सामना गरिरहेका बालबालिकाहरुको संख्या करिब एक अर्ब २० करोड पुगेको युनिसेफ र सेभ द चिल्ड्रेनको नयाँ प्रतिवेदनले देखाएको हो । कोरोना भाइरसको महामारी सुरु हुनुभन्दा अगाडिको तुलनामा १५ करोडले बढी हो ।…