विर्तामोड । अर्जुनधारा नगरपालिका वडा नं. ३ को कार्यालयमा सोमवार तालावन्दी गरिएको छ । वडाबासीले भूमिहीन सुकुम्बासीसँग चर्को कर लिएको भन्दै तालावन्दी गरेका हुन् । सुकुम्बासीसँग धेरै कर उठाइएकोले सोमबार तालावन्दी गरिएको स्थानीयले जानकारी दिए । भूमि सम्बन्धी समस्या समाधान आयोगले लालपुर्जाका लागि फारम भराउने र जग्गाको कर उठाउने काम वडा कार्यालय मार्फत गरिरहेको छ…