गायत्री मन्दिरमा एक वर्षमै दुई लाखभन्दा बढी भक्तजनद्वारा दर्शन

झापा - पूर्बी नेपालको आस्थाको नयाँ केन्द्रका रूपमा स्थापित बिर्तामोडस्थित गायत्री माताको मन्दिर सञ्चालनको पहिलो वर्षमै दुई लाखभन्दा बढी भक्तजनले दर्शन गरेका छन् । अर्जुनधारा जलेश्वर धामपछि पूर्वी नेपालमा सबैभन्दा धेरै श्रद्धालु आउने धार्मिक स्थलका रूपमा गायत्री मन्दिर स्थापित हुँदै गएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मन्दिरमा दैनिक पूजापाठ तथा नियमित धार्मिक अनुष्ठान सञ्चालन…