मानव तस्करको फन्दाबाट ९ महिनापछि स्वदेश फर्के २१ नेपाली महिला

काँकडभिट्टा - मानव तस्करको फन्दामा परेर खाडी मुलुक जाने क्रममा विगत नौ महिनादेखि पूर्वोत्तर भारतको मणिपुरमा अलपत्र २१ जना नेपाली महिलालाई मंगलबार बिहान स्वदेश फर्काइएको छ । नयाँदिल्लीस्थित नेपाली दूतावासको पहलमा उनीहरुलाई स्वदेश फर्काइएको हो । मणिपुर सरकारसँगको सहकार्यमा उनीहरुलाई आइतबार बसमा पठाइएको मणिपुरका सामाजिक कार्यकर्ता अर्जुर्न जोगीले बताए । आइतबार हिँडेका उनीहरु मंगलबार बिहान…