झापाका नयाँ सीडीओले थाले दैनिक सम्पादन हुने कामको सार्वजनिकिरण

बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाले दैनिक सम्पादन भएको काम सार्वजनिक गर्न थालेको छ । नयाँ प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले जिम्मेवारी सम्हालेको केहि दिनमै कार्यालयबाट नमूना कामको थालनी गरेका छन् । जिल्ला प्रशासन कार्यालय झापाले आज शुक्रवार कार्यालयबाट भएका काम र संकलन भएको राजश्व सार्वजनिक गरेको छ । सरकारी कार्यालयमा सूचना लुकाउने घटनाले…