उपचाररत कोरोना सङ्क्रमित शिक्षकको निधन, मृतक सङ्ख्या तीन

दीपक ज्ञवाली बुटवल, जेठ ८ गते । कोरोना सङ्क्रमित अर्का एक व्यक्तिको निधन भएको छ । रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका ४१ वर्षीय पुरुषको बिहीबार बिहान निधन भएको हो । उहाँको भेन्टिलेटरमा उपचार भइरहेको थियो । प्रदेश ५ का सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशङ्कर चौधरीले सङ्क्रमितको मृत्यु भएको पुष्टि गर्नुभयो । गोरखापत्रसँग…