इटहरीका सबै मस्जिद सिल

इटहरी - उदयपुरमा १२ जनालाई कोरोना संक्रमणपछि इटहरीका सबै मस्जिद सिल गरिएको छ। यहाँका विभिन्न मस्जिदमा बाहिरी देशका मुस्लिम धर्मावलम्बीहरु हुनसक्ने र कोरोना भाइरस संक्रमणको सम्भावना उच्च रहेको भन्दै इटहरीमा अवस्थित सबै मस्जिदहरु सिल गरिएको छ। केही दिनअघि मात्रै वीरगञ्जमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएका नागरिकहरु सुनसरीको दुहवी र इनरुवाको मस्जिदमा बसेको खुलेको थियो।…