प्रदीप परियार बिर्तामोड । आधुनिक मनोरञ्जनका माध्यम भएसँगै बडादशैंमा पिङ हाल्ने चलन घट्न थालेको छ । बडादशैंमा चाडवाडको रौनक ल्याउने पिङ बनाउन गाउँघर खासै अग्रसर देखिएन । बडादशैंमा रमाइलोका लागि मुख्य आकर्षण मानिने लिङ्गे पिङ विगत वर्षहरुमा गाउँदेखि शहर र चोक–चोकमा खेलेको देख्न पाइन्थ्यो । यो वर्षको दशैंमा पिङ खेल्न खोजी नै गर्नुपर्ने अवस्था बनेको…