प्रतिशोधको राजनीति नगर्न सरकारलाई कांग्रेसको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिशोधनको राजनीति नगर्न सरकारलाई सचेत गराएको छ। मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रतिशोधनको राजनीति नगर्न सरकारलाई सचेत गराउनुभएको हो। भदौ २३ र २४ गतेको आन्दोलनको छानबिन नगरी दलमाथि प्रतिशोध भएको भन्दै कांग्रेसले यस्तो बताएको हो। कांग्रेसले छानबिन आयोगका नाममा राहदानी रोक्का गर्ने र देशभित्र हिँड्न नदिने शैली…