काठमाण्डौ – आउँदो फागुन २१ गते हुने चुनावलाई स्वतन्त्र, निष्पक्ष, भयरहित तथा विश्वसनीय वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थालेको छ । चुनावलाई लक्षित गर्दै नेपाल प्रहरीले जनशक्ति परिचालन तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाएको छ । निर्वाचन आयोगबाट प्राप्त निर्देशन तथा निर्णयहरूलाई आत्मसात गर्दै उपलब्ध स्रोत…