काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । बिहीबार (पुस २) बिहान करिब पौने १० बजेदेखि काठमाडौंको भृकुटीमण्डपमा मतगणना भइरहेको छ । हालसम्म ५० प्रतिशत मतगणना गरिएको छ । त्यसमध्ये अध्यक्ष पदका उमेदवार केपी शर्मा ओलीले ८४३ र ईश्वर पोखरेलले २९६ मत ल्याएका छन् । हालसम्म एक हजार १३९ मतगणना गरिएको हो ।…