बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचन अनिश्चित भएको छ । उपभोक्ताले निर्वाचन प्रक्रिया अवैधानिक भएको भन्दै जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दिएपछि तोकिएको सबै कार्यक्रम अनिश्चित भएको हो । निर्वाचन समितिले मंसिर १६ गते मतदानको लागि सूचना प्रकाशित गरेपनि जिल्ला प्रशासनले निर्वाचन वैधानिक प्रक्रियाबाट अघि बढाउन भनेपछि खानेपानीको निर्वाचन कार्यक्रम…