काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति र स्थायित्वका साथ मुलुकमा आर्थिक समृद्धि हासिल हुने विश्वासका साथ तिहार पर्वको शुभकामना दिएकी छन् । राष्ट्रपति भण्डारीले तिहारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना व्यक्त गरेकी हुन् । यमपञ्चकको पाँच दिनसम्म मनाइने तिहारमा पशुपक्षी र वनस्पतिलाई सम्मानस्वरुप प्रत्येक…