विर्तामोड । स्थापनाको रजत उत्सव मनाइरहेको सामाजिक संस्था मारवाडी सेवा समिति विर्तामोडको नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ । स्थानीय अग्रसेन भवनमा बिहीबार बेलुकी आयोजित रजत वर्ष तथा नवौं पदहस्तान्तरण समारोहमा समितिका अध्यक्ष सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’ले नवनिर्वाचित अध्यक्ष पवन अग्रवाल (खेडिया)–लाई पद हस्तान्तरण गरेका हुन् । अध्यक्ष भद्रपुरेकै अध्यक्षतामा सम्पन्न समारोहमा नवनिर्वाचित अध्यक्षलगायत पदाधिकारी तथा…