भूमिसम्बन्धी विधेयक बहुमतले पारित

काठमाण्डाै – ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२’ प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको आजकाे बैठकले विधेयक बहुमतले पारित गरेको हो । बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री…