याङवरकमा बेपत्ता दाजु–बहिनी मृत फेला

पाँचथर, २० साउन - पाँच दिनदेखि बेपत्ता रहेका यहाँको याङवरक गाउँपालिका–१ बिरुवाका नाबालक दाजुबहिनी मृत फेला परेका छन् । यही साउन १५ गते बिहानदेखि हराइरहेका बिरुवाका बिर्खबहादुर राईका १० वर्षीय छोरा शिशिर र छ वर्षीया छोरी नानुमा राईको शव आज बिहान बिरुवा खोलामा फेला परेको हो । उनीहरुको शव खोलाको किनारामा करिब २०० मिटरको अन्तरमा…