काठमाडौँ, १५ साउनः सांस्कृतिक रुपमा मनाइँदै आएको साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइएको छ । साउन १५ गते खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । घर, कार्यालय एवं साथीभाइ जम्मा भएर खीर खाने चलन बढ्न थालेको छ…