शिवसताक्षी। झापाको शिवसताक्षी नगरपालिकाले आफ्नो १७ औं नगरसभा सम्पन्न गरेको छ। नगरपालिकाको सभाहलमा आयोजित नगरसभाले विभिन्न वडाका योजनाहरु संशोधन गर्दै महत्वपूर्ण निर्णयहरू पारित गरेको हो। नगरसभामा बोल्दै नगरप्रमुख मेगाहाङ्ग थोप्राले हिउँदे अधिवेशन समयमै गर्नुपर्ने भए पनि विभिन्न परिस्थितिका कारण ढिलाइ भएको उल्लेख गर्नुभयो। उहाँका अनुसार देशमा भएको जेनजी आन्दोलन, निर्वाचन तथा सरकार परिवर्तनका कारण संघीय…