बिर्तामोड । बिएण्डसी अस्पताल बिर्तामोडले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत दक्षिण झापाका विपन्न परिवारलाई स्वास्थ्य बीमा गरिदिएको छ । शनिवार अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले कचनकवलमा पुगेर बीमा कार्ड वितरण गरेका हुन् । निशुल्क स्वास्थ्य बीमा कार्यक्रमको आयोजना गर्दै बिएण्डसी टिचिङ अस्पताल तथा पूर्वाञ्चल क्यान्सर अस्पतालले १ हजार व्यक्तिको बीमा गरेको स्थानीय अगुवा नवराज भट्टराईले जानकारी…