कचनकवलमा सुरक्षाकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने भारतीय पक्षको प्रतिबद्धता

घेराबारी । सीमा सुरक्षामा खटिएका नेपाली सुरक्षाकर्मीमाथि आक्रमण गर्नेको पहिचान गरी कारबाही गर्ने भारतीय पक्षले प्रतिबद्धता जनाएको छ । कचनकवल गाउँपालिका १ घेराबारीस्थित झण्डु गाउँमा रहेको सशस्त्र प्रहरीको अस्थायी सुरक्षा पोस्टमा भारतीय नागरिकले शनिबार साँझ आक्रमण गरेका थिए । उक्त विषयमा आइतबार बिहान नेपाल–भारत सिमानाको दशगजामा दुवै देशका प्रतिनिधिबीच बैठक बसेको थियो । बैठकमा नेपाली…