मोरङ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) निर्वाचित भएका छन् । पदाधिकारी चयनका लागि बुधबार राति भएको चुनवामा निकटतम प्रतिस्पर्धी मुक्साहाङ मेन्याङ्बोलाई हराउँदै नेम्वाङ प्रदेश-१ को माओवादी केन्द्रको अध्यक्ष विजयी भएका हुन् । नेम्वाङले १६९ मत पाए भने मेन्याङ्बोले ६४ भोट ल्याएका छन् । यस्तै तीन उपाध्यक्षमा देवान चाम्लिङ, शिवकुमार…