बिर्तामोड । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले बलियो कांग्रेस बनाउन प्रतिबद्ध भएर लाग्ने बताएका छन् । झापाको बिर्तामोडमा आयोजित आभार तथा धन्यवाद ज्ञापन कार्यक्रममा उनले अब नेपाली कांग्रेस पार्टीलाई बलियो र रुपान्तरिक बनाउन लागिपर्ने बताए । महामन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक झापा आएका शर्माले जिल्लावासीसँग शुभकामना लिन आएको बताएका छन् । उनले काठमाडौंबाट झापाको…