मेरिङदेन साक्षर गाउँपालिका घोषित

ताप्लेजुङ - ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरिएको छ । आज गाउँपलिकाले एक कार्यक्रम गरी साक्षर गाउँपालिका घोषणा गरेको हो । नेपाल सरकारले तोकिएको सबै मापदण्ड पूरा भएका कारण मेरिङदेनलाई साक्षर गाउँपालिका घोषणा गरिएको गाउँपालिकाले जनाएको छ । नेपाल सरकारको साक्षर गाउँपालिका, नगरपालिका तथा जिल्लाको घोषणाका लागि तयार गरिएको अनौपचारिक शिक्षा तथा साक्षरता कार्यक्रम…