आयोजक बुट्टाबारी युनाइटेड फाइनलमा प्रवेश

बिर्तामोड । आयोजक बुट्टाबारी युनाइटेड चौथो बुट्टाबारी गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोड–६ स्थित हरियाली खेल मैदानमा आज भएको पहिलो सेमिफाइनलमा उदयपुरको ब्रदरहुड एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै बुट्टाबारीले उपाधि नजिकको यात्रा तय गरेको हो । निक्कै प्रतिस्पर्धात्मक बनेको खेलमा बुट्टाबारीका सनिल लामा र बिशाल थिङले एक–एक गोल गर्दै टोलीलाई…