काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा प्रत्यक्ष संलग्न रहेको दाबीसहितका प्रमाणहरू प्रस्तुत गरेका छन् । काठमाडौंमा आयोजित खुला प्रश्नोत्तर कार्यक्रममा बोल्दै सभापति थापाले लामिछानेको संलग्नता पुष्टि गर्ने दाबीसहित अदालती कागजात र चेकहरूको विवरण सार्वजनिक गरेका हुन् । ‘साथीहरूले कमेन्टमा प्रमाण खोइ भन्नुहुन्छ, म…