बिर्तामोडको भाटभटेनी पुननिर्माणमा खटिएका मजदुरलाई सम्मान

बिर्तामोड । झापा बिर्तामोडस्थित भाटभटेनी सुपर मार्केटमा गृह प्रवेश पुजासँगै पुननिर्माणमा खटिएका मजदुरलाई सम्मान गरिएको छ । भाटभटेनी सुपर मार्केटको सञ्चालक सावित्रा घर्ती गुरुङको उपस्थितिमा बुधबार पुजासँगै ७ सय मजदुरलाई नगदसहित सम्मान गरिएको हो । गत भदौं २३, २४ मा भएको जेनजी आन्दोलनका क्रममा अपराधिक मानसिकता भएकाहरुले भाटभटेनीमा लुटपाट, तोडफोड र आगजनी गरेका थिए ।…