बिर्तामोड । झापाको विर्तामोडस्थित भद्रपुर रोडमा निर्माण व्यवसायीले सोमवार देखि अन्तिम बेस हाल्न थालेका छन् । कालोपत्रेका लागि अन्तिम बेस हालिए पनि कालोपत्रे हुनेमा स्थानीय ढुक्क छैनन् । ०७५ असारमा सम्झौता भई थालिएको बिर्तामोड–भद्रपुर सडक खण्डको ४.७ किमि कालोपत्रे अडाई वर्षमा पनि निर्माण पुरा भएको छैन । निर्माण सम्पन्न गर्नुपर्ने अन्तिम मिति ०७६ असोज २३…