झापा यो वर्षदेखि तोरीमा आत्मनिर्भर

भद्रपुरः कृषिका लागि उर्वर झापा जिल्ला यो वर्षदेखि तोरीमा आत्मनिर्भर बन्ने कृषि ज्ञान केन्द्रले जनाएको छ । तोरी खेतीतर्फ निजी तथा सहकारी खेतीको आकर्षण बढेसँगै उत्पादन बढ्ने भएकाले यो वर्षदेखि झापा आत्मनिर्भर बन्ने कृषि ज्ञान केन्द्रका प्राविधिक शेषराज पौडेल बताउछन्। उनका अनुसार गत आव २०७५/७६ मा झापामा दुई हजार ६४० हेक्टरमा तोरी खेती गरिएको थियो…