विभिन्न मुद्दामा फरार १७ अभियुक्त एकैदिन पक्राउ

सप्तरी – जिल्ला प्रहरी कार्यालयले विभिन्न मुद्दामा फरार रहेका १७ अभियुक्तलाई पक्राउ गरेको छ । विभिन्न ठाउँबाट सोमबार ती अभियुक्तलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) तिलक भारतीले जानकारी दिनुभयो । अदालतबाट कैद तथा जरिबाना तोकिसकेपछि अहिलेसम्म फरार रहेका अभियुक्तलार्ई लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । पक्राउ पर्नेमा बोदे बर्साइन नगरपालिका १० का ५९ वर्षीय…