बनियाँनीमा रोकेर राखेको बसमा आगजनी

बिर्तामोड । बुधबार साँझ कचनकवलस्थित बनियाँनीमा रोकेर राखेको बसमा आगजनी भएको छ । राती ८ः४५ बजे बसमा आगजनी भएको स्थानीय नविन ढुङ्गानाले जानकारी दिए । बनियाँनीबाट गाइघाट कुद्ने यात्रु बाहक बस त्रियुगा ट्राभल्समा आगजनी हुँदा बसमा ठुलो क्षति पुगेको छ । आजगनी हुनासाथ कचनकवलको ट्याङकर र भद्रपुर नगरपालिकाको दमकलको साहयतामा आगो नियन्त्रणमा लिइएको थियो ।…