काँकडभिट्टा — भारतसँग सिमाना जोडिएको पूर्वी नाकास्थित मेची पुलमा झापाका विद्यार्थीहरुले भारतीय प्र्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध चर्का नाराबाजी गरेका छन् । लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायतका नेपाली भूभाग भारतले आफ्नो राजनीतिक नक्सामा समावेश गरेको विरोधमा नेपाल विद्यार्थी संघ झापाको आयोजनामा मंगलबार बिहान विरोध प्रदर्शन गरिएको हो । स्थानीय हनुमान मन्दिरबाट शुरु भएको र्याली बजार परिक्रमा गरी नेपाल–भारत जोड्ने…