भद्रपुर - ‘गो ब्याक इन्डिया’ को नारा लगाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा विद्यार्थीले विरोध प्रदर्शन गरेका छन्। भारतले भर्खरै जारी गरेको देशको नयाँ नक्साभित्र नेपाली भूमि कालापानी, लुपिलेक र लिम्पियाधुरा समावेश गरेको भन्दै झापामा नेपाल विद्यार्थी संघ र अनेरास्ववियुले भारतीय विस्तारविरुद्ध विरोध प्रदर्शन गरेका हुन्। नेवि संघ झापा र मेची बहुमुखी क्याम्पस…