इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य, संसदीय दलका उपनेता एवंम संविधानसभा अध्यक्ष सुबासचन्द्र नेम्बाङले नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय कार्य भएको भन्दै उक्त कार्य सच्याउन माग गरेका छन् । इलामको माङ्सेबुङमा नेकपा गाउँ कमिटीले आयोजना गरेको पार्टी प्रवेश, शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै भारतले अतिक्रमण गरेको भूमि फिर्ता गराउन…