विश्व पर्यटन दिवसमा प्रभातफेरी

बिर्तामोड । झापाको बिर्तामोडमा होटल म्यानेजमेन्ट अध्ययनरत विधार्थीहरुले विश्व पर्यटन दिवस मनाएका छन् । सुवाती कोठा नेपालको आयोजनामा पर्यटन दिवसको अवसर पारी बिर्तामोडमा प्रभातफेरी सम्पन्न गरिएको छ । पर्यटन वर्ष–२०२० लाई सफल बनाउने उद्देश्यले आयोजना गरिएको प्रभातफेरीमा विभिन्न प्ले कार्ड सहित विधार्थी सहभागी भएका थिए । बिर्तामोडमा होटल म्यानेजमेन्ट पढाई हुने कलेजहरु इकम, आदर्श स्कुल…