समाजको दवावमा ‘दलित’ बुहारीलाई काजकिरियामा विभेद्

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वाड नं. १ स्थित बगर टोलमा गत शनिबार पदम श्रेष्ठको ६२ वर्षको उमेरमा निधन भयो । श्रेष्ठको निधनपछि छरछिमेकी दाजुभाई बीच ठूलै खैलाबैला भयो । श्रेष्ठकी कान्छी बुहारी दलित भएकाले उनलाई छेउमा गएर छुन पनि दिइएन । श्रेष्ठका कान्छा छोरा दिलिपले इलामकी अमृता परियारसँग सात वर्ष अघि विवाह गरेका हुन्…