कतार विश्वकपको दोस्रो चरणको छनोटअन्तर्गत चाइनिज ताइपेइविरुद्ध ऐतिहासिक अवे जित हासिल गरेर राष्ट्रिय फुटबल टोली बुधबार साँझ स्वदेश फर्किएको छ । राति १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्यसचिव रमेशकुमार सिलवाल, अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिंग शेर्पा लगायतले स्वागत गरेका थिए । विश्वकप तथा एसियन कपको छनोट प्रतियोगिताको समूह…