काठमाडौँ । गृह मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणका लागि जारी बन्दाबन्दी (लकडाउन)मा सवारी अनुमतिपत्र (पास)बाहेक अन्य सवारीसाधनको सञ्चालनमा कडाइ गर्न निर्देशन दिएको छ । मन्त्रालयको शान्तिसुरक्षा तथा अपराध नियन्त्रण शाखाले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सोमबार पत्राचार गरी सवारी पास नभएका कुनै पनि सवारी (दुई पाङ्ग्रे, चार…