१० वर्ष उमेर समूहका ३ लाख किशोरीलाई एचपीभी खोप लगाउने तयारी

झापा । सरकारले १० वर्ष उमेर समूहका ३ लाख किशोरीहरूमा पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपीभी) खोप लगाउने निर्णय गरेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले एचपीभी खोपलाई राष्ट्रिय खोप तालिकामा समावेश गरी ३ लाख किशोरीमा खोप लगाउने निर्णय भएको जनाएको छ । महाशाखाका खोप शाखा प्रमुख डा अभियान गौतमले कक्षा ६ मा…