काठमाडौं, पुस ७ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टी महाधिवेशनपछि पुनः आन्तरिक असन्तुष्टि र छुट्टाछुट्टै भेलाहरू आयोजना हुनु पार्टीका लागि हानिकारक हुने चेतावनी दिनुभएको छ। उहाँले महाधिवेशनलाई पार्टीको सर्वोच्च निकायको रूपमा स्वीकार नगर्ने प्रवृत्तिले एमाले ‘अन्त्यहीन बहस क्लब’मा रूपान्तरण हुने खतरा रहेको बताउनुभएको छ। महाधिवेशन सम्पन्न भएलगत्तै केही नेताहरूले अलग्गै भेला गरेको सन्दर्भ उल्लेख…