मेचीनगरमा प्रथम खेल महोत्सव शुरु मेचीनगर । १२ औँ गणतन्त्र दिवसको अवसर पारेर झापाको मेचीनगरमा पहिलो पटक प्रथम मेचीनगर खेलकुद महोत्सव शुरु भएको छ । महोतसव अन्तर्गत बुधबार म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । मेचीनगर–१२ स्थित चारआली चोकबाट शुरु म्याराथनको नगरप्रमुख विमल आचार्यले विधिवत उद्घाटन गरेका थिए । प्रतियोगतामा पुरुष र महिला सहभागी म्याराथनमा चारआलीदेखि…