लैंगिक विभेदलाई अन्त्य गर्न घरपरिवारदेखि परिवर्तनको अभ्यासमा जोड

शिवसताक्षी । महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरण तथा लैंगिक समानताको प्रवद्र्धनका उद्देश्यसहित सञ्चालन गरिएको १६ दिने लैंगिक हिंसा विरुद्धको अभियान शिवसताक्षी नगरपालिकामा विभिन्न कार्यक्रमसहित सम्पन्न गरिएको छ । गत नोभेम्बर २५ मा वडा नं. ३ पाराबारीबाट सुरु गरिएको अभियानको शिवसताक्षी–१० माइधारमा बुधबार विशेष समारोहमार्फत समापन गरिएको हो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख मेगाहाङ…