बिर्तामोड । झापाको बिर्तामोडमा जाँच गरिएको रायो सागमा विषादीको मात्रा उच्च भेटिएको छ । रायो सागमा ९८.०७ प्रतिशत विषादी भेटिएको विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला इकाई बिर्तामोडले जनाएको छ । आज विहान गरिएको विषादी परीक्षणमा रायो साग उपभोग गर्न नमिल्ने जनाइएको छ । प्रयोगशाला इकाईले बिर्तामोड १० बाट ल्याइएको रायो सागको विषादी परीक्षण गरेको थियो…