काठमाण्डौ - अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस आज राष्ट्रसङ्घका सबै सदस्य देशमा मनाइँदैछ । स्वयंसेवकहरूको योगदानलाई सम्मान गर्ने र स्वयंसेवाको भावना तथा सेवा संस्कृतिलाई स्थानीयदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय तहसम्म प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो दिवस सन् १९८५ देखि मनाउन शुरू भएको हो । राष्ट्रसङ्घीय महासभाले सन् १९८५ डिसेम्बर ५ तारिखका दिन यो दिवस मनाउने घोषणा गरेको हो…