बिर्तामोड । झापा बिर्तामोड बजार क्षेत्रको सुरक्षा निगरानीका लागि जडान गरिएका सीसी क्यामेरामा क्षति पुगेपछि अपराध अनुसन्धानमा कठिनाई हुने देखिएको छ । मुख्य गरेर बजार क्षेत्रमा हुने संभावित अपराधका घटनामा अनुसन्धान गर्न प्रहरीलाई सीसी क्यामेरा ठुलो सहयोगी साधन बनेको थियो । जेनजी आन्दोलनका क्रममा मुख्य राजमार्ग क्षेत्रका सीसी क्यामेरा तोडफोड गर्नुका साथै फाइवर लाइन समेत…