बिर्तामोड । शिवसताक्षीस्थित दुधे रंगशालामा जारी झापा महिला गोल्डकप अन्तर्गत भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले संकटा फुटबल क्लबलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ । खेलको सुरुवाती मिनेटदेखि नै दुबै टिमबीच बराबरी प्रतिस्पर्धा देखिएको थियो । २४ औँ मिनेटमा पुलिसले कर्नर किकबाट गोलको अवसर पाएको थियो । पूजा रानाले दिएको कर्नरमा…