काठमाडौं, १२ भदौ । नेकपा एमाले निकट पत्रकार संगठन प्रेस चौतारी नेपालले पार्टीको आसन्न दोस्रो विधान महाधिवेशनका लागि बिहीबार आफ्ना सुझावहरू महासचिव शङ्कर पोखरेललाई हस्तान्तरण गरेको छ । सुझाव हस्तान्तरण कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे, निवर्तमान अध्यक्ष गणेश बस्नेत, जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकाल, प्रेस चौतारी नेपालका इन्चार्ज राजेन्द्र गौतमलगायतको उपस्थिति रहेको…