झापा, साउन २७ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर झापाको बिर्तामोडमा श्रीकृष्ण जन्माष्टमी महाउत्सव २०८२ आयोजना गरिएको छ । आगामी साउन ३१ गते श्री राधा माधव भजनस्थलीले झापाको बिर्तामोडस्थित अग्रसेन भवनमा श्रीकृष्ण जन्माष्टमी महाउत्सव २०८२ आयोजना गरेको हो । मंगलवार झापाको बिर्तामोडस्थित अग्रसेन भवन परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रमको तयारीका बिषयमा जानकारी गराइएको छ ।…