शिक्षा मन्त्रालय र शिक्षक महासङ्घबीच छलफल

काठमाडौँ, २८ चैत : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीच आज छलफल भएको छ । हाल भइरहेको शिक्षक आन्दोलनका बारेमा उहाँहरुबीच छलफल भएको हो । मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले आज प्रारम्भिक रुपमा शिक्षकसँग आन्दोलनका बारेमा छलफल गरिएको बताउनुभयो । “आजदेखि हामीले छलफल प्रारम्भ गरेका छौँ । उहाँहरुको चासो, सरोकारका बिषयमा छलफल…