अबको प्राथमिकता श्रेय होइन, पीडितको उद्धार, राहत र पुनर्स्थापना हो : ओली

काठमाडौं, भदौ १४। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकाेट सहितका क्षेत्रमा भएको क्षति असाधारण र भयावह रहेको बताउनुभएकाे छ । एमाले महासचिव शंकर पोखरेलको नेतृत्वमा स्थलगत अनुगमनपछि तयार पारिएको प्रतिवेदन बुझेपछि अध्यक्ष ओलीले विपत्तिको समयमा संघीय सरकारको भूमिका प्रभावकारी हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयाे। उहाँले संघीय सरकार ‘राज्यको…