ताप्लेजुङ, १६ भदौः ताप्लेजुङ–लेलेप जोड्ने बेलिब्रिज सञ्चालनमा आएको छ । तमोर नदीमाथि निर्माण गरिएको उक्त बेलिब्रिज सञ्चालनमा आएसँगै फक्ताङलुङ गाउँपालिका–६ लेलेपको साँघु तथा वडा नम्बर ४ का सुङ्साबू र विपुधाप गाउँका स्थानीय खुशी भएका छन् । स्थानीय विक्रम लिम्बूका अनुसार पुल नहुँदा वडा नम्बर ५ मा पर्ने ताप्मावा हुँदै घण्टौँ समय लगाएर घुमाउरो बाटो प्रयोग…